कोरोनाभाइरसको महामारीका बीच मानिसहरु आफ्नै घरमा क्वारेन्टाइनमा बस्न बाध्य छन् । तर, घरमै भए पनि केहीले आफूलाई स्वस्थ आफ्नो दैनिक व्यायाम भने छाडेका छैनन् । एक स्पेनिस खेलाडीले आफ्नै घरमा ६१ किलोमिटर दौडेर सबैलाई चकित बनाएका छन् ।
४१ वर्षीय ह्याभियर कास्ट्रोभर्डे स्पेनको गालिसियाका खेलाडी हुन् । कोरोनाको महामारीका कारण उनी पनि आफ्नै घरमा बस्न बाध्य छन् । तर, घर बस्दा उनी अन्य जस्तै टिभी हेरेर वा सुतेर बिताइरहेका छैनन् । घरमा पनि उनले आफूलाई स्वस्थ राख्न नियमित ब्यायाम र प्रशिक्षण गरेका छन् ।
आफ्नो सानो अपार्टमेन्टमा उनले १० घण्टामा ६१ किलोमिटरको म्याराथन पुरा गर्न सफल भएका छन् । उनले स्मार्टफोनको एपमा आफ्नो उपलब्धिलाई सबैसँग सामाजिक सञ्जालमार्फत साझा गरेका छन् ।
https://www.instagram.com/p/B9xJT7LIIZ2/?utm_source=ig_embed
कास्ट्रोभर्डेले आफ्नो ‘च्यालेन्ज ६१’ सबैले पूरा गर्न नसकेपनि घर भित्रै व्यायामलाई निरन्तरता दिन सकिन्छ भन्ने यो गतिलो उदाहरण रहेको बताए । उनले यो उपलब्धि आफ्नो ४ मिटर लामो हलमा सफलतापूर्वक हासिल गरेका थिए ।
उनले मानसिकरुपमा आफ्नो लागि यो अहिलेसम्मकै ठूलो चुनौति भएको बताए । ५४ किलोमिटर पुग्दा आफूले यो त्याग्नै लागिसकेको अवस्थामा समाजिक सञ्जालमा प्राप्त सन्देशले आफूलाई यो चुनौति पूरा गर्ने हौसला मिलेको पनि खुलासा गरे ।
‘६० किलोमिटर नै कुद्नुपर्छ भन्ने छैन, तपाईंले ५–१० किलोमिटर दौडेर नै आफूलाई स्वस्थ राख्न सक्नुहुन्छ,’ उनले भने ।
यसअघि चीनका एक म्याराथन धावक पान सान्चुले आफ्नै घरमा ५० किलोमिटर दौडेका थिए ।
https://www.instagram.com/p/B9wvH9XouPD/?utm_source=ig_embed