हिपमत डटकम

मंगलबार, फाल्गुण १५, २०८० || 24511  पटक पढिएको

विराटनगर। १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपियल) को पुर्व सन्ध्यामा आयोजकले बृहत मोटरसाईकल र्याली निकालेको छ। आज निकालिएको र्यालीमामा २ सय भन्दा बडीको सहभागिता रहेको आयोजकले बताएको छ।

फाल्गुन १६ गतेदेखि विराटनगरमा १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपियल) आयोजना हुदै छ ।
नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा आयोजना गर्न लागेको एमपियल क्रिकेट प्रतियोगितामा ५ टिमको सहभागिता रहने छ । १६ गते बाट सुरु हुने प्रतियोगिता फाल्गुन १९ गते समापन हुने संयोजक चेतन अग्रवाल बताए।

मारवाडी सेवा सदन बाट सुरु गरिएको मोटरसाईकल र्यालीको उद्घाटन बिराटनगर महानगरपालिकाका उप प्रमुख शिल्पा निराला कार्कीले रिवन काटेर उद्घाटन गर्दै यस प्रतियोगिताले बिराटनगरका मारवाडी युवामा मात्रै नभई देशै भरिका मारवाडी युवा लाई सहभागी गरेर जादा यसको महत्व आझै बढेर जाने बताईन्।

आज निकालिएको मोटरसाईकल र्याली मारवाडी सेवा सदन बाट सुरु भै ट्राफिक चोक,रोड शेस चोक,महेन्द्र चोक ,बरगाछी हुदै खेल स्थल शंकरपुर मार्गमा आएर समापन भएको थियो। मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपियल) भोलि बाट शंकरपुरको खालि मैदानमा सुरुवात हुदैछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!