विराटनगर महानगरपालिका चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण हुन नदिन “लकडाउन” गरिने भएको छ । विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले आज उहाँको कार्यकक्षमा गर्नुभएको पत्रकार भेटघाटमा उक्त कुरा जानकारी गराएका हुन ।
विराटनगरमा अत्यावश्यक कुरा बाहेक सबै सेवा बन्द गरिने साथै सर्वसाधारणलाई घर बाहिर ननिसक्न आवहान समेत गरेको छ ।” यो विराटनगर महानगरको लकडाउन हैन सम्पुर्ण जनताको लकडाउन हो, आफ्नो स्वास्थ्यको लागि सबै क्षेत्र बन्द गर्न लागिएको हो” मेयर पराजुलीले बताए ।भारतीय सिमा नजिक रहेको हुनाले विराटनगर पनि कोरोना भाइरसको उच्च जोखिममा रहदै आएको छ ।