माेरङकाे रंगेली नगरपालिका मा प्रथम संस्करणको टि– २० प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति ले पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने पत्रकार सम्मेलन गरी जानकारी गराएकाे छ ।
समिति ले पुस ८ गतेदेखि २२ गते सम्म जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता गराउने जानकारी गराएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँको उप बिजेताले नगद ५१ हजार रुपैयाँ पाउने जानकारी समेत गराएको छ। रंगेलीको खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति रंगेलीका अध्यक्ष बेदमणी घिमिरे ले बताए । प्रतियोगितामा रंगेलीका ६ वटा टिमको सहभागिता रहने समेत जानकारी दिए ।