हिपमत डटकम

सोमबार, साउन २९, २०८० || 4896  पटक पढिएको

काठमाडौं,२९ साउन । चर्चित जोडी दयाहाङ राई र मिरुना मगरलाई दर्शकले फेरि एकपटक पर्दामा सँगै हेर्न पाउने भएका छन् । उनीहरु अनिल बुढा मगरको निर्देशनमा बन्ने नयाँ फिल्म ‘घर ज्वाईं’ मा अनुबन्धित भएका हुन ।‘जारी’ को अपार सफलतापछि दयाहाङ र मिरुनालाई लिएर फिल्म बनाउन चाहने निर्माताको ताँती लागेको छ । मगर सांस्कृतिको नजिक रहेर निर्माण गरिने ‘घर ज्वाईं’ को निर्माता जनक घर्ती मगर हुन् । माघ दोश्रो साताबाट छायांकन सुरु हुने फिल्ममा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्कर गुरुङ,राज थापा काउचालगायतका कलाकारको समेत अभिनय रहने छ ।

‘घर ज्वाईं’ मा दयाहाङ केही समयअघि नै अनुबन्धित भइसकेका थिए । मिरुनासँग भने यसै साता ‘साइन’ भएको हो । पूर्वी रुकुमका बिभिन्न स्थानमा छायांकन गरिने फिल्मका प्राबिधिक र अन्य कलाकारको चयन केही समयपछि गरिने जानकारी निर्माता जनकले दिएका छन् ।
जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् । फिल्मलाई अहिलेको चर्चित बितरण कम्पनी आर आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले देशब्यापीरुपमा बितरण गर्ने पक्का भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!