सरकारले २५ जना भन्दा बढी भेला नहुने निर्णय गरे तापनी विराटनगर महानगरपालिकामा संचालित हाट बजार अहिले सम्म बन्द गराइको छैन । विराटनगरमा अधिकांश हटिया बाटोको छेउमा लाग्ने गर्दछ । कोरोनाको विश्वब्यापी संक्रमणका बेला स्थानिय सरकार मौन बसेको छ ।
“कोरानाको महामारीमा यस्ता हटिया बजार तुरुन्त बन्द गर्नु पर्छ र स्थानिय सरकारले उचित ढंगबाट सुरक्षित तवरले अनलाइन मार्फत् खाद्यान्नको व्यवस्था गर्नुपर्छ ।” स्थानिय समाजसेवी काशीनाथ चुडालले बताए ।
यतिवेला स्थानिय सरकार आफ्नो दायित्वबाट पन्छिरहेको छ । केन्द्रीय सरकारको घोषणालाई स्थानिय सरकारले सघाउनु पर्नेमा स्थानिय सरकार हात बाधेर बसेको छ ।
“महानगरपालिका भै सकेको ठाउमा अव यसरी बाटो बाटोमा हटिया लाउनु नै हुदैन । यो महामारीमा महानगरपालिकाले हटिया व्यवस्थापन गर्ने तर्फ कुनै पहल भए जस्तो देखिदैन । म यहाका जनप्रतिनिधिहरुलाई आग्रह गर्छ कि तुरुन्त्त हटिया बन्द गरी सम्वेदनशीलतालाई बुझनु पर्छ ।” उद्योगपति अनिष खनालले बताए ।
भिडियो हेर्नुहोस्ः
फोटो भिडियो स्रोत ः अनिष खनाल