बीरेन्द्रकुमार साह

सोमबार, आषाढ १८, २०८० || 6391  पटक पढिएको

बिराटनगर। पारस हस्पिटलका डाक्टर सफ़िउर रहमान सम्मानित भएका छन्। प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालको छैठौ वार्षिक साधारणसभाको अवसरमा डाक्टर रहमानलाई सम्मानित गरिएको हो। बिराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा एक भब्य कार्यक्रमको आयोजना गरेर सम्पन्न भएको बार्षित उत्सवकोबीच रहमानलाई सम्मान गरिएको हो।

स्वास्थ्य क्षेत्रमा रहमानले गरेको कामको उच्च मुल्यांकन गरेर सम्मान गरेको संस्थाका अध्यक्ष रंजित सरदार बाँतरले बताए। बिराटनगरमा स्थापना भएको पारस हस्पिटलको माध्यमबाट समाजमा रहेको गरिब दुखि ,असाहय तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निशुल्क उपचार गरेर समाजमा एउटा आदर्श व्यक्तिको रुपमा स्थापित डाक्टर रहमानलाई आफ्नो संस्थाबाट सम्मानित गर्न पाउदा हर्षित भएको संस्थाका सचिव चन्दन सरदार बाँतरले बताए।

यसरि समानित हुन् पाउदा निकै नै खुशी भएको डाक्टर सफ़िउर रहमानले बताए। यो सम्मानले अझ जिम्मेवारी थपिएको छ र यो समाजमा भएका असाहाय र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निरन्तर सहयोग गरिरहने छु डाक्टर रहमानले भने साथै सरदार बाँतर समुदायका कुनै पनि बिरामी पारस हस्पिटलमा उपचारकोलागी आएका बिशेष छुटका साथ उनीहरुको उपचारमा सहयोग गर्ने बताए।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!