द भ्वाईस अफ नेपालबाट निकै नै चर्चा बटुलेका पूर्वका लोकप्रिय गायक बलबहादुर राजबंशी तथा लोक्रिया गायिका मेलिना राईको आवाजमा ‘जेल पनि सहुँला, नेल पनि सहुँला‘ गीतको म्युजिक भिडियो बजारमा आएको छ । हिजो मात्र रिलिज गरिएको गीतको म्युजिक भिडियोको प्रतिक्रिया एकादमिया राम्रो आईरहेको गायक बलबहादुरले हिपमत डटकमसंग भनेका छन्। म्युजिक भिडियोको गीतमा रोहन पौडेल ‘जनक’ को शब्द, तथा हरि लम्सालको संगीत रहेको छ।
बलाबाहादुरा र मेलिनाको यस गीतमा लक्ष्मी र जीवनको जिवन्त अभिनय देख्न सकिन्छ।भिडियोमा स्कुलको पाले दाई र शिक्षिकाबीचको माया प्रेमलाई प्रस्तुत गरिएको छ। म्युजिक भिडियोलाई लक्ष्मी वर्देवा र जीवन भट्टराईले निर्देशन गरेका हुन।