बिराटनगर। नेपाल भरि छरिएर रहेका सरदार बाँतर जातिको हक अधिकार उत्थान पहिचान र राष्ट्रियकरण को लागि
सुनसरी जिल्ला ईनरुवा नगरपालिका वडा नं १० जल्पापुर घर भएका रंजित सरदार बाँतरको नेतृत्वमा
सन् २०१८ साल – जुलाई ०१ तारीख का दिन मलेसिया को सेलाङ्गोर जिल्ला शाह आलम सेकसन १५ मा कार्यरत रहि सेलाङ्गोर जिल्ला कै कलाङ्ग सहरमा रहेको केलाङ्ग चाैतारि नेपाली रेस्टुरेन्टमा प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा श्री रंजित सरदार बाँतरकाे अध्यक्षतामा प्रवासी ग्रुपको स्थापना गरेको थियो ।
स्थापना कालका पदाधिकारीहरु
१) रंजित सरदार , मलेसिया
२) उमेश कुमार सरदार , मलेसिया
३) सान कुमार सरदार , मलेसिया
४) सुरज कुमार सरदार , मलेसिया
५) राजन सरदार , साउदी अरेबिया
६) धिरेन्द्र सरदार , साउदी अरेबिया
७) चनरी कुमारी सरदार , नेपाल
८) माया तामाङ , मलेसिया
९) डेबिट तामाङ , मलेसिया
१०) रमेश तामाङ , मलेसिया
११) लोकेन्द्र भट्टराई , मलेसिया
१२) पदम प्रताप सिंह महरा, मलेसिया
१३) पदम साउद , मलेसिया
१४) संजय यादव , मलेसिया
१५) प्रेम प्रसाद कोइराला , मलेसिया
१६) प्रदिप अधिकारी , मलेसिया
लगायतका साथीहरूको उपस्थित रहेको थियो ।
स्थापना भएको वासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालको छैठौ वार्षिक साधारणसभा सम्पन्न।
मोरंगको विराटनगर स्थित कञ्चनजंघा पार्टी प्यालेसमा एक भब्य कार्यक्रमको आयोजना गरेर बार्षित उत्सव सम्पन्न भएको हो। बार्षित उत्सवको अवसरमा नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ। बार्षिक उत्सव कै अवसरमा सामाजिक क्षेत्रमा योगदान दिने तथा गरिब बिरामीहरुको निशुल्क उपचार गर्ने पारस हस्पिटल बिराटनगरका डाक्टर सफ़िउर रहमानलाई सम्मान समेत गरेको छ। कार्यक्रमा देशको बिभिन्न जिल्लाहरुबाट करिब २०० स्वजातियहरुको सहभागिता रहेको आयोजक सस्थाले जनाएको छ।
कार्यक्रममा प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालको कोषाध्यक्ष रामकुमार सरदारले बाँतर सरदार जातिको भेषभुषा, रहनसहन आदिलाई राष्ट्रियकरण गर्न तथा नेपाल सरकारबाट हरेक सेवा सुविधाहरु पाउनु पर्ने भनी कार्यक्रममा जोड दिएका थिए ।
विरेन्द्र सरदारले केन्द्रले हाल सम्म गरेको गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए । केन्द्रले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा सक्रिय रहेको उनले बताए हाल सम्मा ११ लाख बराबरको आर्थिक सहयोग तथा समाजको प्रतिभाहरुलाई प्रोहोत्सान गर्नकोलागि खर्च गरेको बताए।आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहज रुपमा उपचार गर्नकोलागि सहयोग देखि लिएर हरेक क्षेत्रको प्रतिभाहरुलाई अगाडी बढ्न सहयोग गरेको सरदारले बताए।
२०७८ सालको जनगणना अनुसार नेपालभरी सरदार बाँतर जातिको कुल जनसंख्या ६१,६८७ अर्थात कुल जनसंख्याको ०.२१ प्रतिशत रहेको जनाएको छ । जसमध्ये सबभन्दा बढी जनसंख्या मोरङ जिल्लामा रहेको छ ।
कार्यक्रममा प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपाल को भिडियो कन्फ्रेन्सबाट अध्यक्ष रंजित कुमार सरदार तथा सचिव चन्दन सरदारले सहभागीता जनाएका थिए र कार्यक्रमलाई सम्बोधन गरेका थिए। केन्द्रको भाबी योजनाको बिषयमा समेत उनीहरुले आफ्नो भिजन खारेका थिए भने बाँतर समुदायको नाम भजाएर बिभिन्न व्यक्तिहरुले सरकारी बजेटको दुरुपयोग गरेको बिषयमा समेत आवाज उठाएका थिए र यस बिषयमा सम्बन्धित व्यक्तिसंग जवाफ समेत माग गरेका थिए।
कार्यक्रमको सभापतित्व संस्थाका कोषाध्यक्ष रामकुमार सरदारले बाँतरले गरेका थिए भने प्रमुख अतिथि नेपाल सरदार बाँतर कल्याणकारी समितिका केन्द्रिय अध्यक्ष मोहनलाल सरदारले गरेका थिए। बिशिष्ठ अतिथिहरुमा हिपमत मिडिया हाउसका अध्यक्ष वीरेन्द्रकुमार साह ,ईन्जिनियर कमलेश्वर ठाकुर ,धनपालथान गाउँपालिका वडा न -५ का अध्यक्ष गयानन्द सरदार ,श्याम कुमार सरदार, सदस्य विरेन्द्र कुमार सरदार लगायातको उपस्थिति थियो।