हिपमत डटकम

शुक्रबार, आषाढ १५, २०८० || 3472  पटक पढिएको

विराटनगर । मोरङ जहादा गाउँपालिका ३ स्थित खेल मैदानमा सञ्चालनभएको ५ औं संस्करणको वडा अध्यक्ष कप फुटवल प्रतियोगिता लालीगुरास टिमले जितेको छ । स्थानीय हात्तीबन्धा फुटबल क्लवलाई पनेल्टी मार्फत हराउदै लालीगुरास टिमले उपाधी जितेको हो ।
प्रत्येक वर्ष झै यस वर्ष वडा अध्यक्ष अनिल ठाकुरले वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु गरेका थिए ।

स्थानीय ५ वटा र विराटनगर महानगरपालिका ३ वटा चर्चित फुटबल टिमको सहभागीता प्रतियोगितामा रहेको थियो । नकआउटको अधारमा खेलाईएको सो प्रतियोगिताको विजय टिमलाई ५१ हजार र उपविजेतालाई २५ हजार संगै शिल्ड र कप ले पुरस्कृत गरेको थियो ।

स्थानीय युवा खेलाडीहरुको खेलकुद उपभोक्ता समितिले स्थानीय लक्ष्मी युवा स्पोटिङ्ग क्ल्वको सहकार्यमा सो प्रतियोगिता सुरु गरेको क्लवका श्रवणकुमार राजवंशीले जानकारी दिए । फाईनल खेलको प्रमुख अतिथि वडा अध्यक्ष अनिल ठाकुरले स्थानीय खेलाडीको होसला बढाउन र अन्तराटिय स्तरमा खेलाडीलाई प्रवेश गर्न प्रतियोगिताले मद्दत गर्ने वताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!