हिपमत डटकम

शुक्रबार, आषाढ ०१, २०८० || 2602  पटक पढिएको

भारतबाट नेपाल तर्फ निर्वाद रुपमा तेल तस्करी भईरहेको छ । जसको कारण नेपाली तेल उद्योग धारासाही अवस्थामा पुगेको छ । नेपालका तेल उद्योगले उत्पादनमा कटौती गरेको छ । २४ घण्टासम्म संचालन भईरहेको नेपालको राईसमिलहरु यतिखेर ८ घण्टा मात्रै सञ्चालन भईरहेका छन् । तस्करी तेलका कारण नेपाली कामदारको रोजगारी समेत गुम्ने अवस्थामा पुगेको छ । तर सरकार उदासिन भएकोले निर्वाध रुपमा तस्करी सञ्चालन भईरहेको छ ।

नेपालका तेल उद्योगले केही समय अगाडी नेपाल सरकारलाई अवैध तेलको तस्करी रोक्न ज्ञापन पत्र बुझाएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहराको नेतृत्वमा गएको राईस मिलका सञ्चालकहरुले नेपाल सरकारलाई अवैध तस्करी रोक्न ज्ञापन पत्र बुझाए । सरकारले उद्योग र अर्थमन्त्रालयलाई पत्र लेखेर तस्करी रोक्न पहल कदमी लिन सुझाव दिए । उद्योग र अर्थमन्त्रालयले गृहमन्त्रालयलाई पत्र लेखेर अविलम्ब तस्करी रोक्न पत्रचार गरे ।

गृहमन्त्रालयले मातहतका जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गरेर तस्करी रोक्न सुझाव दिए । केही समय प्रहरीले अवैध तस्करी रोक्न कडाई गरे । तर खुल्ला सिमानाका कारण तस्करी जिउका त्यू छ । विराटनगर स्थित चन्द्र शिव राईस मिलका संचालक नरेश राठीले तस्करीको माध्यबाट नेपाल भित्रिरहेको तेलको कारण नेपाली तेल उद्योग धारासाही अवस्थामा पुगेको बताए ।

विराटनगरका अधिकांश पसलमा भारतबाट तस्करी भएर नेपाल भित्रिरहेका तोरीको तेल विक्री भई रहेको छ । नेपाली तेलको तुलनामा भारतीय तेल अलिक सस्तो रहेकोले उपभोक्ता सस्तो भारतीय तोरीको तेल खरिद गरिरहेका छन् । नेपाल सरकारले दोस्रो तथा तेस्रो मुलुकबाट नेपाल आयात भईरहेको तोरीमा २० प्रतिशतसम्म भन्सार राजश्व दस्तुर लिइ रहेका छन् । जबकी भारतमा तोरीमा ५ प्रतिशत मात्रै जिएसटी कर लाग्ने गरेको छ ।

नेपालको तुलनामा भारतमा तोरी सस्तो रहेकोले उत्पादित तोरीको तेल सस्तो छ । र नेपालमा महगो रुपमा आयात भईरहेको तोरीबाट उत्पादित तोरीको तेल अलिक महगो छ । जसको कारण नेपाली उपभोक्ता सस्तो भन्दै भारतीय तोरीको तेल प्रयोग गरिरहेका छन् । भारतको नेपालसँग सिमाना जोडिएको विराटनगरमा धारा, झापामा दो फुल, सप्तरीमा परमात्मा र पश्चिम तर्फ सेरा र जोलिटि तोरीको तेल विक्री भई रहेको छ ।

जुन तोरीको तेल नेपाल भारतको सिमान्त क्षेत्रमा खुल्ला रुपमा उत्पादन भईरहेको तेल उद्योगले ग्यालेन र बोतलमा प्याक गरेर अरुको ब्रण्ड भन्दै नक्कली तेल विक्री गरिरहेका छन् । जुन स्वास्थ्यका लागि हानिकारक छ । तर पनि नेपाली उपभोक्ता सस्तोको लोभमा परेर गुणस्तरहिन भारतीय तोरीको तेल प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!