प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे आठाैँ राष्ट्रिय अधिवेशन स्थगित भएकाे छ । विश्वभर फैलिररहेकाे काेराेना भाइरस ( काेभिड – १९ ) काे तीव्र प्रभाव, असर र नेपालमा सम्भावित खतरा प्रति चिन्तन गर्दै अधिवेशन स्थगित गरिएकाे विज्ञप्तिमा जनाईएकाे छ । यसअघि अधिवेशन यहि चैत २०, २१ र २२ गते प्रदेश नं १ काे राजधानि विराटनगरमा हुने तय भएकाे थियाे । परिषद्ले अव काेराेना भाईरसकाे प्रभाव प्रति सचेत रहदैँ समाजमा त्रास र भयकाे वातावरणलाई न्युनीकरण गर्ने वताएकाे छ । साथै देशैभरका कार्यकर्तालाई सचेतना लागि आह्वान समेत गरेकाे छ ।