जसकाे कोहि छैन, उसको जीवन बिकास भन्ने मुल उदेश्यका साथ जीवन बिकासकाे कर्सिया शाखाले एक दिने जेष्ठ नागरिक निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।
अति बिपन्न र आधारभुत स्वास्थ्यको पहुच बाट टाढा भएका आमाबुवाहरुले टाढा सम्म गएर उपचार गराउन नसक्ने भएपछि जीवन बिकासले गाउँ घरमै पुगेर स्वास्थ्य शिविर सन्चालन जीवन बिकाशका प्रतिनिधिले हिपमत मिडियालाई जानकारी दिएका छन्।
कटहरी गाउँपालिकामा रहेको जीवन विकास हेल्थ सेन्टरमा दादरवैरिया,कर्सिया,कटहरी लगायतका आमाबुवाहरुलाई लक्षित गरि शिविर आयोजना गरिएको हो।
शिविरमा पाठेघर, सुगर, प्रेसर, नसा, हाड्जोर्नी , महिला सम्बन्धि रोग लगायतका बिरामिहरुलाई सेवा दिएको हो । शिविरमा पारिवारिक सहयोग नपाएका र एकल बृद्दबृद्दालाई मध्यनजर गरि शिविर सन्चालन गरिएको हेल्थ सेन्टरका मर्केटिङ्ग अफिसर अजय साहले हिपमत मिडियालाई बताए।
जीवन बिकासले बिपन्न तथा जेष्ठ नागरिकहरुका लागि यस किसिमकाे कार्यक्रम गरिरहेको र आगामी दिनहरुमा समेत अझै नयाँ ढंगबाट अगाडि बढाउने कर्सिया शाखाका प्रबन्धक गायत्री पोख्रेलले बताए ।