हिपमत डटकम

बिहिबार, जेठ २५, २०८० || 1262  पटक पढिएको

विराटनगर। विराटनगरस्थित बसपार्कबाट महानगर प्रहरीले सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

प्रभातकालीन अनुगमनका क्रममा खुलेआम सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरेको भेटिएपछि महानगरका मेयर नागेश कोइरालाले महाननगर प्रहरीलाई तत्काल बरामद गर्न निर्देशन दिनु भएको थियो ।

मेयर कोइरालाको निर्देशनपछि महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा पुगेको टोलीले गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । पछिल्लो समय मेयर कोइरालाले सरसफाई, विकास निर्माण, सुर्तीजन्य पदार्थ, खुल्ला रुपमा हुने माछामासुको बिक्रीवितरणलगायतको प्रभातकालीन अनुगमन गर्दै आउनु भएको छ ।

महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गर्दै आएको छ । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई निषेध गरेको छ । आगामी साउन १ गतेदेखि महानगरले सुर्तीजन्य पदार्थको बिक्रीवितरणको अनुमतिपत्र र नवीकरणसमेत नगरिने मेयर कोइरालाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!