पुर्बी नेपालका सिमानाकाबाट कुरकुरे ,लेज लगायतका सामानहरु अबैधरुपमा भित्रिने क्रम बढ्दो छ । तस्करीका गतिबिधि बढिरहदा नियन्त्रणमा परिचालन हुन्नु पर्ने सरोकारवाला निकायहरु मौन देखिएका छन् । भारतसंग सिमा जोडिएको जोगवनी बजारबाट प्रत्येक दिन अबैधरुपमा बोरा का बोरा लेज , कुरकुरे लगायतका सामानहरु तस्करी गरिरहेको हामिले भेटेका छौ। तस्करी नहोस पनि कसरी जब भन्सार कार्यलयका कर्मचारीहरु नै मिलेपछी जे पनि हुन सक्छ। हामि रिपोर्टिङको क्रममा भारतको जोगवनी बजारसम्म गयौ र देख्यौ यस्तो दृश्य
भारतिय बजार जोगवनिमा अपांग तथा दृष्टिबिनहरुको धेरै नै प्रयोग गरेर कुरकुरे, लेजलगायतको सामान तस्करी गरेको हामिले पायौ। अन्य ब्यपारिहरु समेत भारतिय बजारमा सस्तो दरमा सामान किनेर नेपाल भित्र्याउने गरेको चाल पाएपछि हामिले पनि भारतीय बजार जोगवानिसंम पछ्याउदै गयौ सामान किनेर जब ती ब्यक्तीहरु भन्सार कार्यालयमा आए भन्सारका कर्मचारिहरुले कुनै पनि रोकटोक नगरेको हामिले देख्यौ
जब हामिले भन्सार कार्यालयका एक कर्मचारिलाई सोध्यौ यसको भन्सार तिर्नु पर्दैन उनको उत्तर थियो घरमा खानलाई लगेको हामिले भन्सार काट्दैनौ भन्सार तिर्नु पर्दैन । हामिले फेरि प्रश्न गर्यौ बिहानदेखी हामी यतै छौ १०,१५ बोरा नै लगेको छ त ? हाम्रो प्रश्नलाई नसुने जस्तै गरेर ती कर्मचारी बाहिर निस्के
भन्सार कार्यालय कै अर्को महिला कर्मचारी आए र भने खानलाई लगेको हो १/२ पोका त हो नि छोराछोरिलाई खानलाई भन्छन भन्दै हाम्रो प्रश्नलाई वास्ता नै नारारे झैँ गरे फेरि हामिले भन्यौ हेयौन त यो दृअश्य हेर्नुस त यो एक दुई वटा मात्र हो? ति कर्मचारी मौन भए र आफ्नो बाटो लागे।
यसरी भन्सारको कर्मचारी र ठुला साना ब्यपारिहरुले सिमा नाकाबाट कुरकेरे र लेजको तस्करि गरिरहेको छ।
आन्तरिक राजस्व कार्यालय बिराटनगरका प्रमुख कर अधिकृत बिमल सापकोटा भन्छन कुरकुरे तथा लेज भारतबाट नेपालमा आयात गर्दा भन्सार बिन्दुमा अन्त शुल्क बुझाउनु पर्छ भन्सार महसुल बुझाएर मात्र सामन भारतबाट नेपाल भित्राउन मिल्छ।