हिपमत डटकम

सोमबार, बैशाख ११, २०८० || 3680  पटक पढिएको
file photo

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत सोमबार नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् ।

यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । समूह ए मा नै रहेका ओमान समान तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अङ्क जोडेको मलेसिया तेस्रो स्थानमा छ । त्यस्तै साउदीअरब दुई अङ्कका साथ चौथो स्थानमा छ । कतारले भने अङ्क जोड्न सकेको छैन ।

उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । ती समूहलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदीअरब, कतार र ओमान रहेका छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङ्कङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!