मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवाको आज मृत्यु भएको छ । मोरङको बुढिगङ्गा १ पुष्पलाल चौक घर भएका सुमन घिमिरेको गत होलीको दिन आफैले चलाएको मोटरसाइकल अनियंत्रित भई दुर्घटनामा परेका थिए । उपचारका लागी बिराट नर्सिङ राखिए पनि त्यहा उपचार संभव नभएपछि थप उपचारका लागी काठमाडौं स्थित टिचिङ अस्पतालका उपचारका क्रममा घिमिरेको आज निधन भएको हो । युवा संघ नेपाल बुढिगङ्गा गाउँ कमिटीका सदस्य समेत रहेका घिमिरेको मृत्युले सिङ्गो संगठनलाई अपुरणीय क्षति पुग्नुका साथै पुष्पलाल चौक शोकमा डुबेको युवा संघका नेता किशोर भट्टराईले बताए । साथौ घिमिरेको आजै अन्त्यष्टी गरिने नेता भट्टराईले जानकारी दिए ।