हिपमत डटकम

सोमबार, चैत्र २७, २०७९ || 806  पटक पढिएको

विराटनगर, चैत २७। गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब पुगेको छ ।

आइतबार राति विराटनगरको सहिद रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोल अन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । यस अघि अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगी सकेको छ ।

उपाधि जितका लागि विभागीय टोली आर्मी र पुलिसले सोमबार ९आज० राति खेल्दै छन् ।
पुलिसका सरम बोहरा, महेश धामी, सागर आचार्य, भरत खत्रीले समान १–१ गोल गर्दै टोलीका लागि जित निकालेका थिए । खेलको म्यान अफ द म्याच पुलिसका महेश धामी भए ।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!