हिपमत डटकम

आइतबार, चैत्र १९, २०७९ || 1848  पटक पढिएको

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई ५ विकेटले हराउँदै वाइआरसिसी सेमिफाइनलमा पुगेको हो ।

होराइजनले दिएको १८४ रनको विजय लक्ष्य वाइआरसिसी विराटनगरले १८ ओभर ४ बलमा ५ विकेट गुमाइ पूरा गर्यो । जसमा दिलिप नाथले ७८ रनको अर्धसतकिय इनिङ खेले । दिपक पासवानले २६ रनको योगदान दिए । सरथ भेषकरले ७ रनमा अविजित रहे ।
बलिङमा वाइआरसिसीका कमल खत्री, सचि यादवले समान २÷२ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको होराइजनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाइ १८३ रनको स्कोर बनाएको थियो । जसमा मिनिष थापाले सतक कटाएका थिए । १०६ रनको योगदान दिने थापा खेलको म्यान अफ द म्याच घोषित भए । उनको ब्याटबाट ८ छक्का र ४ चौका प्रहार भयो । राकेश कामतले २७ रन बनाए । कपिल मण्डलले अविजित १७ रनको योगदान दिए ।

बलिङमा होराइजनका दिपक जोशी, सवर्ण किस्कु, कपिल मण्डलले समान १–१ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा मिल्स एकेडेमी क्रिकेट क्बल रानीलाई ४९ रनले स्तब्ध बनाउँदै एनबीएससी क्रिकेट क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ ।

टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ २३९ रनको विशाल योगफल खडा गरेको थियो । जसमा एनबीएससीका विपिन सौरवले ८५ अर्धसतिय इनिङ खेले । विधान गोस्वामीले ४७ रन, प्रशान्त कुमारले ३४ रन बनाए ।

बलिङमा मिल्सले मिरास खानले ४ विकेट लिए । अंकित गोस्वामी र दानिसले समान २–२ विकेट लिए ।

२४० रनको विशाल विजय लक्ष्य पछ्याएको मिल्स क्रिकेट क्लबले १९ ओभर ४ बलमा अलआउट भइ १९० रनमा सिमित भयो ।
जसमा विकास लोलियाले ८८ रनको अर्धसतकिय इङनिङ खेले । अभिन्नदनले १५ रन, अंकित गोस्वामीले १३ रन बनाए ।

एनबीएससीका अनुभव श्रीवास्तवले ३ विकेट लिए । रोहित कुमार र प्रशान्त कुमारले समान २÷२ विकेट लिए ।
म्यान अफ द म्याच एनबीएससीका विपिन सौरव घोषित भए ।

सोमबारको खेल ओसिस काठमाण्डौ र सप्तरी ११ बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल दिल्ली देवस र विरगन्ज युथ क्रिकेट क्लब बिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!