काठमाडौं । पाइलटको स्वास्थ्यमा समस्या आएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान रद्द भएको छ ।
शनिबार राति ११ बजेको एयरलाइन्सको आरए २३० को विमान उडान रद्द भएको हो । काठमाडौंबाट राति ११ बजे उड्नु पर्ने उक्त विमानको पाइलट बिरामी भएपछि उडान रद्द भएको थियो ।
तोकिएका पाइलटले बिरामी भएको रिर्पोटिङ समेत गरिएको भएपनि विकल्पमा अर्को पाइलट उपलब्ध नभएपछि ११ घण्टाडिले हुन पुगेको बताइएको छ।
वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए। उनीहरूलाई राति विभिन्न होटेलमा राखी बिहान विमानस्थल पुर्याइएको विमानस्थल स्रोतले बताएको छ।