हिपमत डटकम

शुक्रबार, फाल्गुण २६, २०७९ || 11049  पटक पढिएको

सिं‌हदरबारमा ८ दलको बैठक बसेको छ।

८ दलले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बनाएको कार्यदलको बैठक बसेको हो।

राष्ट्रपति निर्वाचन सकिएको र गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएकोमा धन्यवाद दिँदै अब उपराष्ट्रपति निर्वाचनको तयारीमा जुट्नेबारे छलफल गर्न बैठक राखिएको हो।

यही चैत ३ मा उपराष्ट्रपति निर्वाचन हुँदैछ। उपराष्ट्रपतिमा जसपालाई सहयोग गर्नेबारे यसअघि ८ दलभित्र छलफल भएको थियो। यो विषयमा छलफल गरी निर्णयमा पुग्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!