हिपमत डटकम

शनिबार, फाल्गुण २०, २०७९ || 1367  पटक पढिएको

विराटनगर। विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा स्थानीयले समेत साथ दिएका छन् ।

सडक मापदण्डमा परेका संरचना हटाउने अभियानमा आफैंले संरचना हटाएर स्थानीयले साथ दिएका हुन् । सडक मापदण्डमा परेका संरचनासहित महानगरको सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरेका टहरा हटाउने अभियान सञ्चालन गरिरहेको छ । साथै सार्वजनिक जग्गा मिचेर बनाएका घर र टहरासमेत महानगरले हटाउने अभियानलाई जारी राखेको छ ।

विराटनगर–७ स्थित हाटखोला चोकदेखि सिंघिया पुलसम्मको संरचना हटाउन तीनवटा डोजरसहित महानगरको टोली पुगेको थियो । महानगरको टोली पुग्दा स्थानीय बिहानैदेखि सडक मापदण्डमा परेका टहरासहितका संरचना हटाइरहेका थिए ।

त्यसपछि महानगरको टोलीले आरोहण गुरुकुलको अगाडि संरचना हटाएको थियो । सो क्रममा स्थानीयले महानगरको अभियानमा साथ दिन तयार रहेको बताएका थिए । महानगरले सबैलाई समान व्यवहार गरे अभियानमा सदैव साथ रहने उनीहरुले प्रतिबद्धतासमेत जनाएका थिए । विराटनगरलाई सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा साथ दिन मेयर नागेश कोइरालाले आग्रह गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!