सोमबार, चैत्र ०३, २०७६ || 527  पटक पढिएको

कोभिड १९ का बहानामा कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका सङ्घसंस्थाहरुले सघाउने प्रतिबद्धतासमेत जनाएका छन् । रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा सरोकारवालाले बजारमा माक्स, खाद्यान्य तथा दैनिक उपभोग्य माल समानको कृत्रिम अभाव देखिएकाले यसको अनुगमन गर्न सरकारलाई आग्रह गरे । स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले प्रदेशमा एक सय १९ आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतङ्कित हुने अवस्था नरहेको बताउनुभयो । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रणका लागि सरकारले उचित तयारी गर्न गर्नुपर्ने बताउनुभयो । बजारमा कोरोनाको बहानामा उपभोग्य सामग्रीको कृत्रिम अभाव देखिएको भन्दै उहाँले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सिमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । अनावश्यक स्टक राखेर अभाव सृजना गर्न नहुने भन्दै उहाँले कृषिजन्य वस्तुमा समस्या नरहेको बताउनुभयो । सरकार र निजी क्षेत्रबीच उचित समन्वय अवश्यक रहेको उहाँको भनाइ थियो । साक्षात्कारमा रुपन्देही व्यापार सङ्घका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि सरकारलाई सघाउन तयार रहेको बताउनुभयो । “सरकारले बजारलाई प्रभावकारीरुपमा अनुगमन गर्नतर्फ अघि बढ्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ, सरकारले उपभोग्य वस्तु कति चाहिन्छ । अवस्था कस्तो छ, सरकारले वास्तविक अवस्थाको चित्रण गर्नु पर्छ”, उहाँले भन्नुभयो । रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चापदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था आउने भएकाले स्वदेशी उत्पादनतर्फ अग्रसर हुनुपर्ने भन्दै उहाँले सरकारले उत्पादनका लागि उत्पे्ररणा दिनुपर्ने बताउनुभयो । एक्कासि मागमा भएको वृद्धिले बजारमा माक्स अभाव देखिएको भन्दै यस्तो अवस्थामा कालोबजारी नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!