रंगेली। रंगेली नगरपालिकाले ११ गतेदेखि २० गतेसम्म राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम सुरु गरेको छ। बिहीबार नगरकाे परिसरमा नगर प्रमुख दिलिप बगडियाले आफै बाटै ओैषधि सेवन गरेर सुरु गरेका छन् ।
परिसरमा बडा अध्यक्ष रामचन्द्र मंण्डल, अबेधश कुमार मंण्डल, वडा सदस्य देवमणी कटुवाल, कर्मचारी , स्थानीय बुद्धिजीवी लगायत ले एकै साथ ओैषधि सेवन गरेर अभियानलाई सन्चालन गरेका हुन् । नगर भरीका आम जनताहरुलाई दवाई सेवन गराउने उदेश्यका साथ सबै वडाहरुमा स्वास्थ्यकर्मी परिचालन समेत गरेका छन् ।
सबै नगरवासी,बुद्धिजीवी ,बिधार्थी , शिक्षक, लगायत सबैलाई ओैषधि सेवन गर्ने र अरुलाई सेवन गराउन पनि सहयोग गर्ने आग्रह समेत गरेका छन् । हालसम्म नगरमा ३५ जना लाई हात्ती पाईले राेग समेत लागेकाे हुनाले अबका दिनहरुमा अरु ब्यक्तिहरुलाई नलागाेस र नगरवासि हात्ती पाईले राेग मुक्त हाेस भन्ने उदेश्यले अभियान सुरु गरेको बगडियाले जानकारी दिए ।