हिपमत डटकम

आइतबार, फाल्गुण ०७, २०७९ || 6530  पटक पढिएको

पोखराबाट पोखराकै बेगनासका लागि छुटेको यात्रुबहाक बस दुर्घटनामा परेर ४५ यात्रु घाइते भएका छन् ।

घाईते यात्रु मध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता वरिष्ट प्रहरी नायव निरीक्षक शिव प्रसाद पाठकले हिपमत मिडियालाई जानारी दिए ।

दिउँसो २ : ३० बजे ग १ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी नजिक बस दुर्घटना भएको हो । दुर्घटनामा ३४ जना पुरुष, १० जना महिला र एक जना बालक घाइते भएको उनले बताए ।

घाइतेको उद्वार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेज ल्याइएको उनले जानकारी दिए । बस अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ । स्थलगत रीपोर्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!