सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले सवारी साधन सञ्चालनमा निगरानी बढाएको छ । जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सबै सवारी साधन सञ्चालनलाई व्यवस्थित र नियमसंगत सञ्चालन गर्न कडाइ गरेको हो । लहान नगरपालिका वडा नं. १ स्थित लहान बसपार्कको प्राङ्गणमा चालक र सह–चालकको स्वास्थ्य चेक जाँचदेखि अन्य सञ्चालन सुरक्षालाई थप व्यवस्थित र कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरिक्षक टुपेन्द्र श्रेष्टले बताए ।
मधेश प्रदेशका ट्राफिक प्रमुख सन्तोष भट्टराईका अनुसार मधेश प्रदेशमा एक बर्षमा ६ सयको हराहारीमा सडक दुर्घटनाबाट मृत्यु भईरहेको बताए । दुर्घटना न्युनिकरण ट्राफिक प्रहरीले मात्रै हुदैन यसमा सबैको जिम्मेवारी उतिनै हुन्छ । हामी आफै सरल र सहज तरीकाबाट सवारी साधन चलाऔ भने दुर्घटना न्युनिकरण अवश्य नै हुने वहाँले बताए । सवारी चालक तथा सह चालकहरु सवारी चलाउनमा दक्ष भए नभएको र मादक पदार्थ सेवन गरे नगरेका विषयमा जानकारी लिनकालागि स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको मधेश प्रदेशका ट्राफिक प्रमुख सन्तोष भट्टराईले बताउनुभयो ।
खानपिन, लगातारको धपेडी र नियमित स्वास्थ्य जाँच समस्याले चालकमा शारिरीक र मानसिक दुबै प्रकारको समस्य हुने र दुर्घटना बढ्ने हुँदा पूर्व सतर्कताका लागि जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रहरी बरिष्ठ नायब निरिक्षक विदुर मणी भट्टराईले बताएका छन्।
सार्वजनिक तथा निजी यातायातका सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको छ । सवारी दुर्घटना हुने कारणहरु र सवारी हुनबाट जोगिने उपायहरुका बारेमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको प्रहरी बरिष्ठ नायब निरिक्षक भट्टराईको भनाई छ ।