हिपमत डटकम

बिहिबार, फाल्गुण ०४, २०७९ || 557  पटक पढिएको

पाकिस्तान आर्थिक चुनौतीको सामना गरिरहेको छ । जसका कारण पाकिस्तानमा मुद्रास्फीति बढेको छ । खाद्यवस्तुको मूल्य आकाशमै छ । पेट्रोलको मूल्य पहिले नै धेरै थियो । अब बिहीबार अर्थात् आजबाट पाकिस्तानमा पेट्रोल र डिजेलको नयाँ मूल्य लागू हुने भएको छ ।

बुधवार पाकिस्तान सरकारले पेट्रोलमा २२ रुपैयाँ र हाईस्पीड डिजेलको मूल्य १७ रुपैयाँ बढाउने निर्णय गरेको थियो । मूल्य बढेपछि पाकिस्तानमा पेट्रोल २७२ रुपैयाँमा र हाईस्पीड डिजेल २८० रुपैयाँमा प्रतिलिटर उपलब्ध हुनेछ । मट्टितेलको मूल्य पनि अहिले प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यति बेला पाकिस्तान विदेशी मुद्रा सञ्चित खाली हुने खतरासँग जुधिरहेको छ । पाकिस्तानसँग एक महिनाको आयातका लागि मात्रै डलर बाँकी छ । जनवरीमा पाकिस्तानको वार्षिक मुद्रास्फीति दर २७ प्रतिशत थियो ।

यो पाकिस्तानमा सन् १९७५ पछिको उच्च मुद्रास्फीति हो । गत हप्ता पाकिस्तानी रुपैयाँ डलरको तुलनामा २७५ पुगेको थियो । गत वर्ष यो दिन लगभग १७५ थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!