हिपमत डटकम

बुधबार, फाल्गुण ०३, २०७९ || 1474  पटक पढिएको

काठमाडौं । अर्बपति एलन मस्कले च्यारिटीलाई २ अर्ब डलर बराबरको टेस्लाको सेयर दिएका छन् । मस्कले च्यारिटीलाई १.९५ बिलियन अमेरिकी डलर बराबरको सेयर दान दिएका हुन् ।बेलायती समाचार संस्था बीबीसीका अनुसार मस्कले ११.६ कित्ता सेयर च्यारिटीलाई दान दिएका छन् । मस्कले यसअघि पनि च्यारिटीहरुलाई करोडौं डलर बराबरको सेयर दान दिँदै आएका थिए । यसअघि उनले ५.७ बिलियन डलरको सेयर २०२१ मा दान दिएका थिए ।

यद्यपि, उक्त रकम बराबरको सेयर पाउने च्यारिटीको नाम भने उल्लेख छैन । मस्कले सेयर दान दिने विषयमा अमेरिकी सेयर नियामक निकायले अगस्ट र सेप्टेम्बरमै जानकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!