हिपमत डटकम

बुधबार, फाल्गुण ०३, २०७९ || 617  पटक पढिएको

अरबपति एलन मस्क आजकल ट्विटरको नयाँ सिइओकाे खोजीमा छन् । एलन मस्कले बुधवार (फेब्रुअरी १५) मा यस वर्षको अन्त्यसम्ममा ट्विटरका लागि नयाँ सिइओ भेटिने आशा रहेको बताएका छन् ।

ट्विटरले यस वर्षको अन्त्यसम्ममा नयाँ सिइओ पाउनेछ

दुबईमा वर्ल्ड गभर्नमेन्ट समिटमा एक भिडियो कलमार्फत मस्कले प्लेटफर्मले राम्रोसँग काम गर्न सक्ने सुनिश्चित गर्नु आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताए । उनले भने, ‘सङ्गठनलाई स्थायित्व दिन र आर्थिक रूपमा सुदृढ बनाउन आवश्यक छ जस्तो मलाई लाग्छ । ’ ट्विटरको नयाँ सिइओ बारे मस्कले भने, ‘आशा छ यो वर्षको अन्त्यसम्ममा हामीले हाम्रो नयाँ सिइओ पाउनेछौँ ।’

मस्कले फ्लोकी नामको कुकुरलाई ट्विटरको नयाँ सिइओको रूपमा नियुक्त गरे ?

हालै, एलन मस्कले ट्विटरमा आफ्नो कुकुर फ्लोकीको तस्बिर सेयर गर्दै ठट्यौली पारामा यसलाई ट्विटरको नयाँ सिइओ बताएका छन् । मस्कले कुकुरको तस्बिर सेयर गर्दै लेखे, ‘ट्विटरको नयाँ सिइओ अद्भुत छ । यो अरू मान्छेभन्दा धेरै राम्रो पनि छ । यसलाई अङ्कको पनि राम्रो ज्ञान छ । र यो स्टाइलिस पनि छ ।’

कुकुरलाई खैरो रङ्गको चस्मा र कालो स्वेटर लगाएर कुर्सीमा बसिरहेको देख्न सकिन्छ । यस्तै, उसको टेबलमा एउटा सानो ल्यापटप र केही कागजातहरू पनि देखिन्छन् । मस्कको यो पोस्टमा १ लाखभन्दा बढी लाइक आइसकेको छ । योसँगै प्रयोगकर्ताहरूले मस्कको यो पोस्टमा रोचक कमेन्ट पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!