मिचैया । मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादब नगरलाई नमुना नगर बनाउनमा लागि परेका छन ।
आज बसेको बैठकले गुदरी बजारमा रहेका संरचना हटाउने निर्णय गरिएको छ । बैठकबाट मिर्चैया नगरपालिका ५ मा रहेको गुदरी बजार भन्दा दक्षिणमा रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउने निर्णय गरिएको छ ।
नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादबको अध्यक्षतामा सम्पन्न भएको बैठकमा स्थानीय, व्यापारी, बुद्धिजिवी र नगरपालिकाको जग्गामा घर टहरा बनाएका घरबेटीहरुको उपस्थिति रहेको थियो । सार्वजनिक जग्गमा निर्माण गरिएको सम्पूर्ण संरचना यहि फाल्गुन २५ गते भित्र खाली गर्ने सर्वसम्मितमा निर्णय भएको छ । यदि उक्त समयमा पनि खाली नगरेको खण्डमा नगरपालिकाकाटै भत्काईदिने निर्णय गरिएको छ ।
त्यस्तै नगरपालिकाको सुचना बमोजिम आर्फै खाली गरिसकेको हरुको हकमा ७ दिन भित्र उक्त संरचनाहरु भत्काउने निर्णय गरिएको छ ।साथै व्यापार व्यवसाय गर्ने घर भत्केको व्यक्तिहरुलाई प्राथमिकतामा राखी सटर बनाइएमा नगरपालिकाले नगरपालिकाको नियामानुसार उपलब्ध गराउने निर्णय गरिएको छ। त्यस्तै सुकुम्बासीहरुको लागी पनि नगरपालिकाले सहयोग तथा समन्वय गर्ने भएको छ ।
राष्ट्यि भुमी आयोगको नियमअनुसार जग्गा उपलब्धको लागी आवश्यक समन्वय गर्ने बैठकबाट निर्णय भएको छ ।
यस अघि पनि नगरपालिकाले मिर्चैया जाने बाटोमा रहेका अतिक्रमित संरचनाहरु हटाइएको छ ।