हिपमत डटकम

मंगलबार, फाल्गुण ०२, २०७९ || 868  पटक पढिएको

संयुक्त राष्ट्र सङ्घले सिरियाको सरकार विनाशकारी भूकम्पबाट क्षतिग्रस्त देशलाई सहायता पुर्‍याउन थप दुई वटा सिमाना खोल्न सहमत भएको जनाएको छ ।संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले यसबारे जानकारी दिएका हुन । उनले बीबीसीसँगको कुराकानीमा भने, ‘यसको प्रभाव ठुलो हुनेछ । अहिलेसम्म हामीले एउटा मात्र क्रसिङ प्रयोग गर्दै आएका छौँ ।’

छिमेकी देश टर्कीमा गएको भूकम्पका कारण दुवै देशमा करिब ४० हजार मानिसको मृत्यु भएको छ । सिरियाका जनता आफ्नो युद्धग्रस्त देशलाई सहायताको अभाव भएको भन्दै आक्रोशित छन् । राष्ट्रपति बसर अल–असदको सरकारले पश्चिमी देशहरूले प्रतिबन्धका कारण सिरियामा उद्धार कार्यमा अवरोध पुर्‍याएको आरोप लगाएको छ । तर अन्तर्राष्ट्रिय सहायता समूहहरूले ठुलो समस्या भनेको असद सरकारको कुप्रबन्ध र देशका सबै क्षेत्रहरूमा अनुमति दिन अस्वीकार गर्नु हो भनेर बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!