हिपमत डटकम

शुक्रबार, माघ २७, २०७९ || 6989  पटक पढिएको

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागुऔषध न्युनिकरण कार्य योजना “म सक्छु (I Can…) अभियान २०७९ अन्तरगत हिजो झापा र मोरङका सिमावर्ती क्षेत्रमा रहेका ८० जना लागुऔषध दुर्व्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरिएको छ ।

लागुऔषध ओसार पसार, बिक्रि बितरण तथा दुर्ब्यसनलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार हिजो दिउसो बिराटनगर-१६ स्थित CAN को भवनमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले ५० जना लागुऔषध दुर्ब्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गर्नु भएको थियो।

झापाको भद्रपुर, मेचिनगर-६ मेचि पुल स्थितमा रहेको होल्डिङ सेन्टर र बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे चोकमा रहेको अस्थायी होल्डिङ सेन्टरमा समेत गरी ३० जना लागुऔषध सेवन कर्ताहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!