आइतबार, चैत्र ०२, २०७६ || 901  पटक पढिएको

कोराना भाईरसका कारण विश्व खेलकुदका अधिकांश गतिविधि स्थगित भईरहँदा जापानले भने निर्धारित समयमै ओलम्पिक गेम्स आयोजना गर्ने जनाएको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले टोकियो ओलम्पिक निर्धारित समयमै योजनाबद्ध तरिकाले सम्पन्न गर्ने बताएका छन् ।

टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म हुनेछ । कोरोनाको सन्त्रासको कारण ओलम्पिक गेम्स सार्ने वा नसार्ने भन्ने विषयमा अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) अहिले छलफलमा ब्यस्त छ । यही समयमा जापानी प्रधानमन्त्रीले पूर्व योजना अनुसारनै सयममै ओलम्पिक आयोजना गरेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

‘जापानले कोरोना संक्रमणको असरलाई टाढा राख्नेछ । हामी बिना समस्या ओलम्पिकको सफल आयोजना गर्नेछौ,’ आबेले भने । उनले आईओसीले ओलम्पिक आयोजनाको अन्तिम निर्णय गर्ने पनि बताए । टोकियो ओलम्पिकमा विभिन्न ३३ खेलमा विश्वका दुई सय ६ देशले भाग लिनेछन् । जसमा ११ हजार ९१ खेलाडीको सहभागिता रहनेछ ।

जापानले ओलम्पिक टर्च रिले मार्च २६ तारिखबाट सुरु गर्दैछ । तर जापानले हालै ओलम्पिक टर्च समारोह सर्मथक विनै आयोजना गरेको थियो । जापानमा अहिले १४ सय बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ । जसमा २८ जनाको मृत्यु समेत भइसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!