हिपमत डटकम

आइतबार, माघ ०८, २०७९ || 456  पटक पढिएको

गुल्मीको एक स्थानीय तहले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाले विद्यार्थीहरूलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क लोकसेवा तयारी सञ्चालन गर्न लागेको हो ।

आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम अनुसार निःशुल्क लोकसेवा तयारी सञ्चालन गर्न लागिएको बताइएको छ । गाउँमै जागिरको तयारी गर्नको लागि यही माघ ११ गतेदेखि कक्षा सुरु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिनुभयो । गाउँमै बसेर लोकसेवा र शिक्षक सेवाको तयारी गर्ने वातावरण सिर्जनाको लागि पहिलो चरणमा विद्यार्थीहरूलाई अभिमुखीकरण गर्ने बताइएको छ ।

गाउँपालिकाले सञ्चालन गर्ने पहिलो दिनको अभिमुखीकरण र तयारी कक्षा १८ दिनसम्म चल्ने भएको छ । सहभागिताक लागि ४५ जनाले निवेदन दिएका छन् । सुरुमा शिक्षक सेवा र लोकसेवाको पहिलो पत्रमा आधारित रहेर तयारी गराइने भएको छ । बाँकी तयारीका कक्षा सहभागीहरूको आवश्यकताका आधारमा अगाडि गाउँपालिकाले जनाएको छ ।

देशमा हुने रोजगारीतर्फ कम आकर्षित भई वैदेशिक रोजगारीमा जाने बढ्दो चापलाई कम गर्नको लागि उक्त कक्षा सञ्चालन गर्न लागिएको छ । गाउँमै बसेर जागिरको तयारी गर्न सक्ने र लोकसेवामा आकर्षण बढाउनका लागि अभिमुखीकरण सहित कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो ।

बाध्यताले सहरमा गएर लोकसेवा र शिक्षक सेवाको कक्षा लिने कुराको अन्त्य र आर्थिक हिसाबले कमजोर भएकाहरूलाई लक्षित गरेर नीति तथा कार्यक्रम नै समावेश गरिएको उहाँले बताउनुभयो । चन्द्रकोट सहित यस क्षेत्रबाट लोक सेवामा कम आकर्षण भएको हुँदा लोकसेवाप्रति आकर्षण बढाउनका लागि यस्तो गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!