शनिबार, चैत्र ०१, २०७६ || 691  पटक पढिएको

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकको निर्णयअुनसार आजदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रीय सरकार’ भन्ने मूल नाराका साथ अभियानको शुरुआत गरिएको हो । अभियानको शुभारम्म अहिले विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाइरसका बारेमा सचेतनामूलक कार्यक्रम गरी गरिएको हो । आज सदरमुकाम बेनीमा नेकपाका अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मालगायतको नेतृत्वमा तीन समूह बनाएर कोरोना भाइरसका बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो । बेनी र मङ्गलाघाट क्षेत्रमा तीन समूहले सडकमा पदयात्रा गरी सर्वसाधारण र बजारवासीलाई कोरना भाइरसको जोखिम तथा बच्न उपायसहित अपनाउनुपर्ने सावधानी समेटिएको सचतेनामूलक पर्चा वितरण गरिएको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार सरसफाइ कार्यक्रममार्फत अभियानको शुभारम्भ गर्ने योजना रहे पनि कोरनाको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सचेतनामूलक कार्यक्रमलाई जोडेर अभियानको शुरुआत गरिएको नेकपा जिल्ला अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बजार क्षेत्रमा ठूलो समूह र धेरै मानिस भेला हुने कार्यक्रमलाई रोकिएको र ग्रामीण भेगमा भने पार्टी सुदृढीकरण कार्यक्रमलाई भने निरन्तरता दिइने भएको छ । आजदेखि आगामी जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने गरी जिम्मेवारीसमेत बाँडफाँड गरिसकेको छ । स्थानीय तह र वडास्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय सङ्गठनको एकतालाई पूर्णता दिने, जनप्रतिनिधि, कार्यकर्ता र जनताका बीचमा समन्वयको वातावरण बनाउनेलगायत कार्यक्रमलाई समेटिएको छ । अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिने भएको छ । पार्टी र जनवर्गीय सङ्गठनको एकतालाई सुदृढ बनाउँदै सरकारले गरेका कामलाई जनतामाझ पु¥याउने, भ्रम न्यूनीकरण गर्ने, गुनासो, सुझाव र अपेक्षा सङ्कलन गरिने अध्यक्ष पौडेलले बताउनुभयो । अभियानअन्तर्गत सबै स्थानीय तह स्तरमा भेला र बैठकका कार्यक्रम सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!