शनिबार, चैत्र ०१, २०७६ || 606  पटक पढिएको

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या समाधानका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । उहाँले भारतले लिपुलेक जस्ता सीमा मिचेकाले उक्त क्षेत्र फर्काउन वार्ताको मिति तोक्न कूटनीतिक पहल भइरहेको बताउनुभएको हो । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ कार्यक्रममा उहाँले भारतले एकलौटी रुपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्सा नेपालका लागि मान्य नभएको भन्दै कूटनीतिक तरिकाबाट सीमा समस्या हल गर्नका लागि वार्ताको माध्यमबाट समाधान गर्न मिति तत्कालै तोक्ने गरी तयारी भएको जानकारी गराउनुभयो । “धेरै व्यक्तिबाट विभिन्न प्रकारका कुरा आइरहेका छन् तर सरकार कति पनि झुकेको छैन”, मन्त्री ज्ञवालीले भन्नुभयो, “वार्ताबाट समस्याको समाधान खोज्दा ढिलाइ भएको हो ।” इतिहासमै पहिलोपटक सरकार निडरताका साथ प्रस्तुत भएकाले भारत पनि सीमा विवाद समाधानमा भएको उहाँको भनाइ छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!