हिपमत डटकम

सोमबार, पौष २५, २०७९ || 1177  पटक पढिएको

दक्षिण सुडानका अधिकारीहरूलाई हालै पक्राउ परेका ६ जना पत्रकारको रिहा गर्न मिडिया अधिकार समूहहरूले आह्वान गरेका छन् । एक कार्यक्रममा राष्ट्रपति साल्भा किरको पाइन्टबाट पिसाब चुहिएको एक भिडियो सार्वजनिक भएपछि पक्राउ परेका पत्रकारहरूलाई रिहा गर्न समूहरुले आग्रह गरेका हुन्

कमिटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार सोही भिडियोलाई लिएर राज्य सञ्चालित दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेशनका कर्मचारीहरूलाई राष्ट्रिय सुरक्षा सेवाका एजेन्टहरूले मंगलबार पक्राउ गरेका थिए ।
डिसेम्बरमा सामाजिक सञ्जालमा भाइरल भएको फुटेजको बारेमा उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

युट्युबमा पोष्ट गरिएको भिडियोमा कालो टोपी र खरानी रंगको पोशाक लगाएर सार्वजनिक कार्यक्रममा सहभागी किरको बायाँ ट्राउजरको खुट्टामा भिजेको देखिन्छ । उनले कार्यक्रममै पिसाव चुहाएको अनुमान गरिएको छ ।न्युज कारखाना

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!