काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।
निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । जसअनुसार बाह्य हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।