काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वको सरकार बन्न नसकेकोमा आफ्ना कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि कांग्रेसका कार्यकर्तामा छाएको नैराश्यतालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन ।
महामन्त्री शर्माले अबको अवस्था भनेको देशभर सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने रहेको जानकारी समेत गराएका हुन ।
उनले उनले अब ‘के हुन्छ? कस्तो हुन्छ ?’ भनेर चिन्ता नगर्न पनि आग्रह गरेका छन ।
शर्माले जिम्मेवार प्रतिपक्षका रूपमा देशव्यापी परिचालित हुने उल्लेख गर्दै नयाँ बिहानी ल्याउने बताएका छन ।।