काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेश प्रदेशमा मुख्यमन्त्री पदको दाबी गरेका छन् ।
सत्ता गठबन्धनको नयाँ बानेश्वरमा बसेको बैठकमा सहभागी हुन पुगेका राउतले पत्रकारहरूसँग कुराकानी गर्दै केन्द्रमा पार्टी सरकारमा जाने पनि बताए।
उनले केन्द्र सरकारमा भने धेरै मन्त्रालयमा दाबी गर्न सक्ने अवस्थामा आफ्नो पार्टी नरहेको बताए ।उनले प्रदेशमा मुख्यमन्त्रीको दावी रहने भन्दै सल्लाह भइरहेको पनि बताए ।