हिपमत डटकम

आइतबार, पौष १०, २०७९ || 1004  पटक पढिएको
file photo

नेकपा एमालेले सरकार गठनको पहल सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएपछि बालकोटमा एमालेले सरकार गठनको पहल सुरु गरेको हो ।

यतिखेर बालकोट छलफलमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । आइतबारको छलफलमा दाहाललाई पहिलो कार्यकाल नदिने अडान देउवाले राखेपछि गठबन्धनको औचित्य नरहेको भन्दै दाहाल बाहिरिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अशोक राई बालकोट पुगेर छलफलमा जुटेका छन् । माओवादीले गठबन्धन तोडेर आए सरकार निर्माणका लागि छलफल गर्ने एमालेको तयारी रहँदै आएको थियो ।

एमालेले पहिलो कार्यकाल दाहाललाई दिँदै राष्ट्रपति आफूले राख्ने प्रस्ताव राख्दै आएको छ । सरकार निर्माणमा बहुमत पुर्‍याउन १ सय ३८ संख्या आवश्यक छ । एमालेसँगको छलफलमा सहमति जुटे सरकार निर्माणमा यो गठबन्धनको १ सय ५६ संख्या पुग्छ ।

संसदमा एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४ र जसपाको १२ सिट छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!