शुक्रबार, फाल्गुण ३०, २०७६ || 1084  पटक पढिएको

खोटेहाङ गाउँपालिकाले खडेरी पीडित किसानलाई मकैको बीउ वितरण शुरु गरेको छ । यसवर्ष खडेरीका कारण मकै छर्न नपाउँदा र छरेको मकैको बिरुवा मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण शुरु गरेको हो । धमाधम मकै छर्ने बेला काठमाडौँबाट रु एक लाख २० हजारमा ८०० केजी खरिद गरेर ल्याएको मकैको बीउ वितरण शुरु गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताउनुभयो । “खडेरीका कारण अधिकांश किसानको घरमा मकैको गेडोसमेत छैन”, उहाँले भन्नुभयो, “गाउँपालिकाको तर्फबाट खरिद गरेर अतिप्रभावित क्षेत्रका किसानलाई ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण शुरु गरिएको हो ।” खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, वडा नम्बर–७ खोटाङबजारका बेँसी क्षेत्रका किसान तथा वडा नम्बर–९ लिच्कीराम्चेका किसानलाई वितरण गर्नेगरी मनोकामना ३ जातको ५०० केजी र देउती जातको मकैको ३०० केजी बीउ खरिद गरिएको जनाइएको छ । खरिद गरिएको बीउले डढुवा सहन सक्ने, घोगा नकुहिने र ध्वाँसे नलाग्ने गाउँपालिकाका कृषि शाखाका प्राविधिक ममता खवासले दाबी गर्नुभयो । यसवर्षको खडेरीले जिल्लाका सबैजसो स्थानीय तहमा ठूलो क्षति गरेको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा खडेरीका कारण सबै बालीनाली सखाप भएपछि खाद्यान्न अभाव भएको छ । अनिकालबाट बचाउन नगरपालिकाले गत असोजबाटै परिवार सङ्ख्याको आधारमा आवश्यक खाद्यान्न उपलब्ध गराइरहेको छ । नगरवासीलाई भोकमरीबाट बचाउन चामल र दाल उपलब्ध गराइएको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो । दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपाती लामो समयको खडेरीले सखाप पारेपछि स्थानीयवासी चिन्तित बनेका छन् । खेतीपातीबाहेक अन्य आम्दानीको अन्य स्रोत नहुने हलेसी क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!