हिपमत डटकम

आइतबार, पौष १०, २०७९ || 652  पटक पढिएको

जनता समाजवादी पार्टीका नेता अशोक राईले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार निर्माणमा दुई विकल्प रहेको बताएका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचको छलफलपछि बालकोटबाट निस्कने क्रममा नेता राईले आफ्नो पार्टी सरकारमा जाने नजानेबारे संस्थागत निर्णय गर्न बाँकी रहेको भन्दै सरकार गठनमा दुई विकल्प रहेको बताए ।

 

‘सरकार निर्माणका सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ या सकिँदैन भन्ने कुराहरू भयो’, उनले भने, ‘सरकारमा जाने नजानेबारे हाम्रो संस्थागत निर्णय भएको छैन ।’ उनले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार गठनमा दुई विकल्प रहेको र सोही विकल्पमा बालकोटमा छलफल भएको समेत बताए ।

‘अव दुईवटा अप्सन देखिए । एमाले र कांग्रेस सहभागी भएर सरकार बनाउने वा एमाले र माओवादीसहितका दलहरू मिलेर सरकार बनाउने भन्नेमा कोर्ष अघि बढ्यो’, राईको भनाइ छ । दुवै विकल्पमा जाँदा एमाले, माओवादी र कांग्रेसमध्ये एकले प्रधानमन्त्री पाउने समेत राईको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!