पार्टी नेता राहुल गान्धीके नेतृत्वमा कांग्रेसको ‘भारत जोडो यात्रा’ दिल्ली पुगेको छ । स्वास्थ्य मन्त्रीले कोभिड प्रोटोकलहरू पालना गर्न आह्‍वानबीच यात्रा आज बिहानै दिल्ली प्रवेश गरेको हो ।

 

दिल्ली कांग्रेस प्रमुख अनिल चौधरी र पार्टी कार्यकर्ताहरूले राहुल गान्धी, अन्य पार्टी नेताहरू र पद यात्रीहरूलाई बदरपुर बोर्डरमा स्वागत गरे । गान्धीसँग हरियाणाका पूर्व मुख्यमन्त्री भूपिन्दर सिंह हुड्डा, कुमारी सेलजा र रणदीप सुरजेवाला पनि थिए ।

‘देशका आम मानिस अहिले प्रेमको कुरा गरिरहेका छन्। हरेक राज्यमा लाखौंको संख्यामा यात्रामा सहभागी भइसकेका छन्। मैले आरएसएस र भाजपाका मानिसहरूलाई भनेको छु कि हामी तपाईंको घृणाको ’बजार’ मा प्रेमको पसल खोल्न आएका छौं’, गान्धीले भने । विपक्षीले घृणा र आफूहरूले माया जगाएको उनले दाबी गरे ।

गान्धीले सेप्टेम्बरदेखि भारत जोडो यात्रा सुरु गरेका थिए । यात्राका क्रममा विभिन्न वर्ग, पेसा र समुदायका व्यक्ति सहभागी छन् । यसैबीच, सरकारले कोरोना महामारीको सम्भावित जोखिमलाई मनन गर्दै राहुललाई पत्र लेखेर यात्रालाई विराम दिन आग्रह गरेको छ ।

तर, सरकारले कोरोनासम्बन्धी कुनै पनि नियम घोषणा नगरेका बेला कोरोनालाई कारण बनाएर राहुलको यात्रा रोक्ने कार्य उपर्युक्त नभएको कंग्रेसको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!