दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज भएका छन् । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली हँसिलो मुद्रामा देखिएका छन् । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट सरकारी निवास बालुवाटार फर्किएका हुन्।१२ दिन अस्पताल बसेर फर्किएका ओलीले डिस्चार्ज हुँदा पत्रकारहरूलाई कुनै प्रतिक्रिया भने दिएनन्। उनको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्य मिर्गौला प्रत्यारोपण गरिएका अरू बिरामीको जस्तै रहेको बताएका छन्। अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको पेटमा एउटा पाइप राखिएको छ । सरकारी निवास बालुवाटारमा पनि चिकित्सकहरुले प्रधानमन्त्री ओलीको विशेष निगरानी गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!