प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आफ्नो नेतृत्वको सरकार सार्क सदस्य राष्ट्रका नेतृत्वसँग निकट सम्पर्कमा रहेर काम गर्न तत्पर रहेको बताउनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई आज गर्नुभएको ट्विटको स्वागत गर्दै प्रधानमन्त्री ओलीले उहाँको प्रस्तावको स्वागत गर्दै उक्त कुरा बताउनुभएको हो । मिर्गौला प्रत्यारोपण गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यलाभ गरिरहनुभएका प्रधानमन्त्री ओलीले सार्क देशका नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित राख्न भारतीय प्रधानमन्त्रीले सार्क राष्ट्रका नेतृृत्वबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट छलफल गर्न सकिने भनेर गर्नुभएको प्रस्तावको पनि स्वागत गर्नुभएको छ । उहाँले त्यसनिम्ति आफ्नो सरकार तयार रहेको बताउनुभएको छ । भारतीय प्रधानमन्त्रीको प्रस्तावको पाकिस्तान र अफिगानिस्तानबाहेक सार्कका सबै सदस्य राष्ट्रले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!