शुक्रबार, फाल्गुण ३०, २०७६ || 584  पटक पढिएको

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित छतिवन स्वास्थ्यचौकी, दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित शैलेश्वरी अस्पताल, आर्दश गाउँपालिका–३ मौवा नगरदहस्थित मौवा स्वास्थ्यचौकी र जिल्ला अस्पताल डोटीमा सहायता कक्ष स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित फेला परेपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थामा आइसोलेसन कक्षको व्यवस्था गर्ने, गर्मीयाममा हुनसक्ने आगलागी, चट्याङजस्ता घटनाबाट बच्चन पूर्वतयारी गर्ने, क्वारेन्टाइनका लागि जमिन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन सञ्चय गरेर राख्न उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कर्मशलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने, कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने, स्थानीय तहले कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!