हिपमत डटकम

बुधबार, पौष ०६, २०७९ || 591  पटक पढिएको

फिजियाका विपक्षी दलहरूले प्रधानमन्त्री फ्रान्क बैनिमारामाको करिब १६ वर्षको शासन अन्त्य गर्दै नयाँ गठबन्धन सरकार गठन गर्ने सहमति गरेका छन् । उनको फिजी फर्स्ट पार्टी र सिटिभेनी रबुकाको नेतृत्वमा रहेको प्रतिद्वन्द्वी पिपुल्स एलायन्स गत हप्ताको चुनावपछि गतिरोधमा परेका थिए ।

 

सरकार गठनका लागि किंगमेकर मानिएको सोसल डेमोक्र्याट लिबरल पार्टी (सोडेल्पा) ले अब रबुकालाई समर्थन गर्ने पक्षमा मत दिएको छ । ‘जनताले परिवर्तनको लागि मतदान गरेका छन् र हामीले उनीहरूलाई त्यो दिएका छौं’, उनले भने।

गठबन्धनको घोषणाको व्यापक क्षेत्रीय महत्व छ । दुवै पक्षले प्रशान्त क्षेत्रमा आफ्नो आर्थिक र कूटनीतिक चासोलाई निरन्तर बढाउँदै लगेको चीनसँगको सम्बन्धलाई चिसो पार्ने इच्छा व्यक्त गरेका छन् । नयाँ गठबन्धनका एक समर्थकले गठबन्धनको मतदानको नतिजा घोषणा भएपछि भने, ‘यो दमनकारी सरकारको १६ वर्ष भइसक्यो । ’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!