हिपमत डटकम

मंगलबार, पौष ०५, २०७९ || 1068  पटक पढिएको

बिराटनगर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले सत्ताको आकांक्षा, आग्रह पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जानुपर्ने बताएका हुन् ।

महामन्त्री शर्माले प्रधानमन्त्री आलोपालो हुने भएकाले राष्ट्रपति तथा सभामुख चयनमा सन्तुलन, परिपक्वताका आधारमा निष्कर्षमा पुग्नुपर्ने उल्लेख गरे ।

महामन्त्री शर्माले राष्ट्रपति व्यक्ति मात्रै नभइ प्रवृतिको रुपमा शितल निवास प्रवेश गर्ने भएकाले राष्ट्रपति को बन्ने भन्ने बिषयलाई कम प्राथमिकताको बिषय बनाउन नहुने समेत उल्लेख गरे ।

सिद्धान्त र कामको बलमा ट्रेड युनियनलाई बलियो बनाएर लैजानुपर्ने धारणा उनको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!