हिपमत डटकम

मंगलबार, पौष ०५, २०७९ || 689  पटक पढिएको

एजेन्सी । अर्जेन्टिनाको सरकारले आज सार्वजनिक बिदा दिएको छ । अर्जेन्टिनाको राष्ट्रिय टोलीले विश्वकपको उपाधि जितेसँगै त्यसको खुसीयालीमा विदा दिइएको हो ।

अर्जेन्टिनाको फुटबल संघका अनुसार अर्जेन्टिनाका मानिसहरुले आज राजधानी ब्युनस आयर्सस्थित ओबेलिस्कमा विश्वकप जितेको खुसीयाली मनाउने कार्यक्रम छ ।

३६ वर्षपछि उपाधि जितेको टोली आजै अर्जेन्टिना पुग्नेछ । अर्जेन्टिनाको टोलीका कप्तान लियोनेल मेस्सीले आफ्नो मुलुक पुगेर मानिसहरुसँग खुसी साट्नका लागि व्यग्र प्रतीक्षामा रहेको उल्लेख गरेका छन् ।

अर्जेन्टिनाले आइतबार भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!